कथित सत्ता पलट प्रयास गरेको आरोपमा इरानमा उग्रवादी नेतालाई मृत्युदण्ड

११ जेठ, २०८३, सोमवार
सारांश
  • सरकारी सञ्चारमाध्यमका अनुसार अब्बास अकबरी नामका ती व्यक्तिलाई फाँसी दिइएको हो । उनीमाथि गएको जनवरीमा भएको भनिएको सत्ता पलट प्रयासमा संलग्न रहेको आरोप लागेको थियो ।

काठमाडौँ: इरानमा कथित सत्ता पलट प्रयाससम्बन्धी मुद्दामा दोषी ठहराइएका एक उग्रवादी नेतामाथि मृत्युदण्ड कार्यान्वयन गरिएको छ ।

 

सरकारी सञ्चारमाध्यमका अनुसार अब्बास अकबरी नामका ती व्यक्तिलाई फाँसी दिइएको हो । उनीमाथि गएको जनवरीमा भएको भनिएको सत्ता पलट प्रयासमा संलग्न रहेको आरोप लागेको थियो ।

 

रिपोर्ट अनुसार सर्वोच्च अदालतको निर्णयपछि उनलाई मृत्युदण्ड दिइएको हो।

 

अदालतले उनलाई 'मोहारेबेह' अर्थात् ईश्वरविरुद्ध शत्रुता गरेको अभियोगमा दोषी ठहर गरेको थियो । साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको र इस्फहान प्रान्तको नाइन क्षेत्रमा सुरक्षा बलमाथि गोली चलाएको आरोप पनि लागेको उल्लेख छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।

थप समाचार