पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु
१० जेठ, २०८३, आइतवार
- बलुचिस्तान सरकारका गृह मामिला सम्बन्धी विशेष सहायक बाबर युसुफजईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । उनले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन । तर सुरक्षा निकायले यसलाई आतंकवादी हमला मानेर अनुसन्धान अघि बढाइरहेको छ ।
काठमाडौँ: पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरमा आइतबार रेलमार्ग नजिक भएको आत्मघाती विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । विस्फोटको चपेटामा जाफर एक्सप्रेस परेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन्।
चमन फाटक नजिक भएको शक्तिशाली विस्फोटका कारण रेलका धेरै डिब्बा लिकबाट बाहिरिएका थिए । घटना हुँदा रेल क्वेटा क्यान्टतर्फ गइरहेको बताइएको छ । विस्फोटसँगै रेलमार्ग आसपास आगलागी भएको थियो । त्यसपछि दमकल, प्रहरी, उद्धार टोली तथा सुरक्षा निकाय घटनास्थल पुगेका थिए र उद्धार तथा राहत कार्य सुरु गरिएको थियो । प्रहरीका अनुसार विस्फोटको प्रभावले आसपासका भवनका झ्यालका सिसासमेत फुटेका छन् । सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।
बलुचिस्तान सरकारका गृह मामिला सम्बन्धी विशेष सहायक बाबर युसुफजईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । उनले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन । तर सुरक्षा निकायले यसलाई आतंकवादी हमला मानेर अनुसन्धान अघि बढाइरहेको छ ।
बलुचिस्तान हुँदै सञ्चालन हुने यो रेलमार्ग क्षेत्रमा बलुच लिबरेशन आर्मीको प्रभाव रहेको बताइन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।