अमेरिकाले इरानमा जमिनबाट कारवाही गर्न सक्ने, युरेनियम नियन्त्रणमा लिने ट्रम्पको रणनीति
२०८२ चैत्र १७ मङ्गलवार
- मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनबाट सैन्य कारबाहीको आदेश दिन सक्ने संकेत देखिएको छ ।
एजेन्सी, १७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनबाट सैन्य कारबाहीको आदेश दिन सक्ने संकेत देखिएको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलको रिपोर्ट अनुसार ट्रम्प इरानसँग रहेको समृद्ध युरेनियम नियन्त्रणमा लिन चाहेको उल्लेख छ ।
रिपोर्टमा इरानसँग करिब ४०० किलो समृद्ध युरेनियम रहेको उल्लेख छ, जसलाई आणविक हतियार निर्माणमा प्रयोग गर्न सकिने बताइएको छ । ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानले उक्त युरेनियम छोड्नै पर्ने भन्दै वार्ताबाट सम्भव नभए बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने बताएका छन् ।
यसैबीच अमेरिका मध्यपूर्व क्षेत्रमा थप करिब १० हजार सैनिक पठाउने तयारीमा रहेको जनाइएको छ, जसमा ३५ सय सैनिक पहिले नै त्यहाँ पुगिसकेका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीका अनुसार इरानको ठूलो युरेनियम भण्डार केही आक्रमणपछि भग्नावशेषमुनि दबिएको हुन सक्ने अनुमान गरिएको छ । यो सामग्री इस्फहान र नतांजजस्ता भूमिगत संरचनामा रहेको हुन सक्ने बताइएको छ ।
इरानका विदेशमन्त्री अब्बास आघराचीले भने अधिकांश युरेनियम भग्नावशेषमुनि रहेको र तत्काल निकाल्ने योजना नभएको बताएका छन् । साथै इरानसँग अझै युरेनियमलाई थप समृद्ध बनाउन सक्ने उपकरणहरू रहेको र नयाँ गोप्य संरचना बनाउन सक्ने क्षमता पनि रहेको जनाइएको छ ।
रिपोर्टअनुसार ट्रम्प र उनका केही सहयोगी सीमित र लक्षित सैन्य कारबाहीमार्फत युरेनियम नियन्त्रणमा लिन सकिने विश्वासमा छन् । यसले युद्ध लामो नलम्बिने र छोटो समयमै टुंग्याउन सकिने उनीहरूको धारणा छ । ट्रम्प स्वयं पनि लामो युद्धबाट टाढा रहन चाहिरहेका बताइएको छ ।
तर विज्ञहरूले यस्तो जमिनीय कारबाही जोखिमपूर्ण हुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार ठूलो संख्यामा सैनिक इरानभित्र पठाउनुपर्ने हुन्छ, जसले थप द्वन्द्व र जनधनको क्षति बढाउन सक्छ । यदि जबरजस्ती युरेनियम नियन्त्रणमा लिन प्रयास गरियो भने इरानबाट कडा प्रतिकार हुनसक्ने र युद्ध झन् लम्बिन सक्ने आशंका गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।