- युद्धकै बीच यस्तो योजना अघि बढाइएको भन्दै उक्त कदममार्फत ईरानमाथि दबाब सिर्जना गरी होर्मुज जलडमरु खोल्न बाध्य पार्ने उद्देश्य रहेको जनाइएको छ ।
काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको खार्ग टापु कब्जामा लिने तयारी गरिरहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युद्धकै बीच यस्तो योजना अघि बढाइएको भन्दै उक्त कदममार्फत ईरानमाथि दबाब सिर्जना गरी होर्मुज जलडमरु खोल्न बाध्य पार्ने उद्देश्य रहेको जनाइएको छ ।
अमेरिकी सञ्चार माध्यम एक्सिओसका अनुसार अमेरिका पहिले सैन्य आक्रमणमार्फत ईरानलाई कमजोर बनाउने र त्यसपछि महत्वपूर्ण तेल निकासी केन्द्र खार्ग टापुमा नियन्त्रण कायम गरी वार्तामा आफ्नो पकड बलियो बनाउने रणनीतिमा रहेको बताइएको छ ।
खार्ग टापु ईरानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनकि त्यहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गर्दछ ।
तर अमेरिकी प्रशासनले सो क्षेत्रतर्फ थप सैनिक परिचालन गर्न अनुमति दिइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’