इरानका १० शिर्ष नेतृत्वको जानकारी दिनेलाई एक करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

२०८२ फागुन ३० शनिवार
सारांश
  • अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

एजेन्सी, ३० फाल्गुण । अमेरिका सरकारले इरानका १० शिर्ष नेतृत्वको जानकारी दिने व्यक्तिलाई १ करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

 

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूचनामा कुल १० जनाको नाम उल्लेख गरिएको छ । तीमध्ये ६ जनाको नाम र तस्बिर मात्र सार्वजनिक गरिएको जनाइएको छ ।

 

सार्वजनिक गरिएका व्यक्तिहरूमध्ये इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी पनि रहेका छन् । अली लारिजानीलाई केही समयअघि इरानमा आयोजित सरकार समर्थक एक र्‍यालीमा देखिएको बताइएको छ ।

 

अमेरिकाका अनुसार ती व्यक्तिहरू इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सका विभिन्न सैन्य एकाइहरूको नेतृत्व तथा सञ्चालनमा संलग्न रहेका छन् ।

 

उनीहरूले चार जना नाम नखुलेका र तस्बिर नखुलेका सेनाका अधिकारीहरू, रक्षा परिषद् सचिव, सर्वोच्च नेताका सल्लाहकार, सर्वोच्च नेताको कार्यालयमा सैन्य कार्यालय प्रमुख, र क्रप्स कमाण्डरको बारेमा पनि जानकारी खोजिरहेका छन् ।

 

१९७९ मा स्थापना भएदेखि,  क्रप्सले इरानको विदेश नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको छ । समूहले अब इरानको अर्थतन्त्रको विशाल खण्डहरूमा नियन्त्रण राख्छ र इरानी घरेलु राजनीतिमा प्रभावशाली छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार