सर्वोच्च नेता बनेपछि मोजतबाको पहिलो सन्देश: मध्यपूर्वका सबै अमेरिकी सैन्य अड्डा बन्द गर्न चेतावनी
२०८२ फागुन २९ शुक्रवार
- इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन् ।
एजेन्सी, २९ फाल्गुण । इरानका नयाँ सर्वोच्च नेता आयातुल्ला मोजतबा खामेनीले पद सम्हालेपछि पहिलो पटक सार्वजनिक सन्देश जारी गरेका छन् । उनको सन्देश सरकारी टेलिभिजनमार्फत प्रसारण गरिएको हो ।
पहिलो सन्देशमा खामेनीले मध्यपूर्व क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य अड्डा तत्काल बन्द गर्न चेतावनी दिएका छन् । उनले ती अड्डा बन्द नगरिएमा आक्रमण जारी रहने बताएका छन् । साथै इरानी जनतालाई एकताबद्ध हुन आह्वान गर्दै दबाब सिर्जना गर्न होर्मुज जलडमरु पनि केही समयका लागि बन्द राखिने बताएका छन् ।
खामेनीले इरान आफ्ना छिमेकी देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध चाहने उल्लेख गर्दै लक्ष्य केवल ती देशमा रहेका अमेरिकी सैन्य अड्डा मात्र रहेको बताएका छन् । उनले आक्रमणका कारण भएको क्षतिको भरपाई मागिने र त्यस्तो नभए इरानले पनि समान क्षति पुर्याउने चेतावनी दिएका छन् ।
उनले यमनका लडाकु समूह र इराकका केही सशस्त्र समूहहरूले पनि यस संघर्षमा भूमिका खेल्ने संकेत गरेका छन् । साथै युद्धबाट प्रभावित नागरिकलाई आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने योजना बनाइदै गरेको जानकारी दिएका छन् ।
खामेनीले देश कठिन परिस्थितिमा रहेको भन्दै सबै इरानीलाई मतभेद भुली एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।
गत आइतबार सर्वोच्च नेतामा नियुक्त भएपछि उनले पहिलोपटक यस्तो सन्देश दिएका हुन् । नियुक्तिपछि उनी सार्वजनिक रूपमा भने देखिएका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलको हवाई आक्रमण सुरु भएको पहिलो दिन खामेनीको खुट्टामा भाँचिएको र सामान्य चोट लागेको दाबि गरिएको छ ।
साइप्रसका लागि इरानी राजदूत अलीरेजा सालारियनले पनि सोही आक्रमणमा खामेनी घाइते भएको बताएका छन् । उक्त आक्रमणमा उनका पिता तथा पूर्व सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको थियो भने परिवारका अन्य पाँच सदस्य पनि मारिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।