- इरानी महिला फुटबल टोलीका थप दुई खेलाडीले अष्ट्रेलियामा शरण पाएका छन् ।
काठमाडौँ । इरानी महिला फुटबल टोलीका थप दुई खेलाडीले अष्ट्रेलियामा शरण पाएका छन् । अष्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले दिएको जानकारीअनुसार ती दुई खेलाडीलाई यसअघि मानवीय भिसा पाएका पाँच जनासँग पुनर्मिलन गराइएको छ ।
गृहमन्त्री बर्कका अनुसार एक दिनअघि मानवीय भिसा पाउने समूहमा एक खेलाडी र टोलीका एक सदस्यसमेत थिए । उनीहरूले टोलीका अन्य सदस्यलाई विमानस्थल पुर्याउनुअघि नै अष्ट्रेलियामा शरण मागेका थिए ।
यसबीच इरानी महिला फुटबल टोलीका बाँकी सदस्यहरू भने सिड्नीबाट इरान फर्किएको जनाइएको छ । टोली फर्कने क्रममा होटल र विमानस्थल क्षेत्रमा केही इरानी मूलका अष्ट्रेलियाली नागरिकहरूले विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरूले ती महिला खेलाडीहरूलाई इरान नफर्किन आग्रह गरेका थिए । उनीहरूले इरान फर्केपछि खेलाडीहरूको सुरक्षा जोखिममा पर्न सक्ने चिन्ता व्यक्त गर्दै अष्ट्रेलियामै सुरक्षित रूपमा बस्ने वातावरण उपलब्ध गराउन माग गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’