नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

२०८२ फागुन २५ गते सोमवार
सारांश
  • नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

काठमाण्डौ, २५ फाल्गुण । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

 

आज नेप्से खुलेको १ मिनेटमा नै परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो । जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नै नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ ।

 

यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार