युद्ध नवौँ दिनमा: अमेरिका र इजरायलको आक्रमणको सामना गर्दै इरान
२०८२ फाल्गुण २४ आइतवार
- अमेरिका, इजरायल र इरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ ।
काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध नवौँ दिनमा पुगेको छ । यसबीच इरानी सेनाले फारस खाडीमा अमेरिकी जहाज प्रवेश गरे समुद्रमै डुबाइदिने चेतावनी दिएको छ ।
इरानको यस्तो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै अमेरिकी नौसेनाले तेल बोकेका ट्यांकरको सुरक्षाका लागि फारस खाडीमा जहाज पठाउन सक्ने बताएका केही समयपछि आएको हो । ती ट्यांकरहरू प्रायः हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने गर्छन् ।
यसैबीच राष्ट्रपति ट्रम्पले तीन दिनभित्र अमेरिकाले इरानका ४२ नौसैनिक युद्धपोत नष्ट गरेको दाबी गरेका छन् । उनका अनुसार यस आक्रमणपछि ईरानको नौसैनिक शक्ति लगभग समाप्तजस्तै भएको छ । उनले अमेरिकी आक्रमणका कारण ईरानको वायुसेना र सञ्चार प्रणालीमा पनि ठूलो क्षति पुगेको बताएका छन् ।
उता इजरायली सेनाले अहिलेसम्म ईरानका १६ सैनिक विमान खसालिएको दाबी गरेको अल जजीराले जनाएको छ । ईरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार युद्धका क्रममा अहिलेसम्म ईरानका ६ हजार ६६८ नागरिक क्षेत्रलाई निशाना बनाइएको छ । ती आक्रमणमा ५ हजार ५३५ घर र १ हजार ४१ पसल क्षतिग्रस्त भएका छन् । साथै १४ स्वास्थ्य केन्द्र र ६५ विद्यालयमा पनि आक्रमण भएको जनाइएको छ ।
उक्त संस्थाका अनुसार युद्धका कारण अहिलेसम्म १ हजार ४८३ जनाको ज्यान गएको छ। रेड क्रिसेन्टका १३ केन्द्र पनि आक्रमणबाट प्रभावित भएका छन्। यता इस्राइलमा भने युद्धका क्रममा १ हजार ७६५ जना घाइते भएका बताइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत ईरान छिमेकी देशहरूसामु झुकेको दाबी गरेका छन् । उनले ईरानले छिमेकी राष्ट्रसँग माफी माग्दै अब उनीहरूमाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।ट्रम्पका अनुसार अमेरिका र इस्राइलका निरन्तर आक्रमणका कारण परेको दबाबले यस्तो अवस्था सिर्जना भएको हो । उनले अहिले ईरान मध्यपूर्वको प्रभावशाली शक्ति नभई कमजोर अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
यता इरानी राष्ट्रपति मसुद पेजेशकियानले हालै छिमेकी देशहरूमाथि भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै माफी मागेका थिए । उनले ती देशको भूमिबाट ईरानमाथि आक्रमण नभएसम्म आफूहरूले छिमेकी राष्ट्रलाई लक्षित गरी आक्रमण नगर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।