खाडी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली पठाउने योजनामा छौं- मेलोनी

२०८२ फाल्गुण २१ विहीवार
सारांश
  • इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले खाडी क्षेत्रमा रहेका देशलाई हवाई आक्रमणबाट जोगाउन हवाई प्रतिरक्षा प्रणाली पठाउने योजना बनाइएको बताएकी छन् ।

काठमाडौँ । इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले खाडी क्षेत्रमा रहेका देशलाई हवाई आक्रमणबाट जोगाउन हवाई प्रतिरक्षा प्रणाली पठाउने योजना बनाइएको बताएकी छन् ।

 

इटालियन रेडियोसँगको अन्तर्वार्तामा मेलोनीले इटलीले खाडी देशलाई रक्षा सम्बन्धी सहयोग गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । उनका अनुसार बेलायत, फ्रान्स र जर्मनीले जस्तै इटलीले पनि विशेष गरी हवाई प्रतिरक्षाको क्षेत्रमा सहयोग गर्नेछन् । हाल ती देशहरूले इरानबाट हुने हवाई आक्रमणको सामना गरिरहेका कारण सुरक्षा सहयोग आवश्यक भएको उनले बताइन् ।

 

मेलोनीका अनुसार यो कदम केवल मित्रताको कारण मात्र नभएर खाडी क्षेत्रमा हजारौँ इटालियन नागरिक बसोबास गरिरहेको र करिब दुई हजार इटालियन सैनिक पनि त्यहाँ तैनाथ रहेकाले उनीहरुको सुरक्षाका लागि पनि आवश्यक रहेको उल्लेख गरेकी छन् । उनीहरूको सुरक्षालाई ध्यानमा राखेर यस्तो योजना अघि बढाइएको उनले बतएकी छन् ।

हाल अमेरिका र इजरायलले इरानमा आक्रमण गरिरहेको बेला इरानले आफ्ना छिमेकी देशहरुलाई निशाना बनाएपछि युरोपका धेरै देश इरानविरुद्धको लडाईमा होमिने संकेत देखिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार