इरानमा अमेरिका-इजरायलको आक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो
२०८२ फाल्गुण २१ विहीवार
- इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
काठमाण्डौ, २१ फाल्गुण । इरानमा गत शनिबारदेखि सुरु भएको युद्धमा हालसम्म कम्तीमा १ हजार ११४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ । अमेरिकामा आधारित मानवअधिकार कार्यकर्ता समाचार संस्था एचआरएएनएले सार्वजनिक गरेको तथ्यांक अनुसार युद्धका कारण ठूलो जनधनको क्षति भएको हो ।
बिहीबार सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार मृत्यु हुनेमध्ये १८३ जना बालबालिका रहेका छन् । तीमध्ये अधिकांश १० वर्षभन्दा कम उमेरका रहेको बताइएको छ । साथै ९ सयभन्दा बढी मृत्युको विवरण अझै पुष्टि गर्ने काम भइरहेको एचआरएएनएले जनाएको छ ।
पछिल्लो एक दिनमा भएका आक्रमणहरूमा अन्तर्राष्ट्रिय मानवीय कानुनले संरक्षण गरेका सर्वसाधारणका स्थलहरू पनि प्रभावित भएको जनाइएको छ । आक्रमणका क्रममा एक उच्च माध्यमिक विद्यालय, केही स्वास्थ्य केन्द्र र उपचार केन्द्रमा क्षति पुगेको बताइएको छ ।
यस पटकको द्वन्द्वमा मृत्यु हुनेको संख्या गत वर्षको गर्मीयाममा इरान, इजरायल र अमेरिकाबीच भएको १२ दिने युद्धमा ज्यान गुमाउने संख्याको नजिक पुगेको छ । एचआरएएनएका अनुसार त्यतिबेला इरानमा १ हजार १९० जनाको मृत्यु भएको थियो ।
इरानको राष्ट्रिय आपत्कालीन संगठनका प्रमुखका अनुसार हालसम्म करिब ६ हजार जना घाइते भएका छन् ।
यसैबीच इरानले जवाफी आक्रमण गरेपछि मध्यपूर्वका अन्य स्थानमा पनि दर्जनौँ मानिसको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । तीमध्ये ६ जना अमेरिकी सैनिक पनि रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।