खामेनीको मृत्यु भएपछि कराचीमा हिंसात्मक प्रदर्शन, ९ जनाको मृत्यु
२०८२ फाल्गुण १७ आइतवार
- आइतबार अमेरिकी तथा इजरायली आक्रमणको विरोधमा प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको जियो न्यूजले उल्लेख गरेको छ ।
एजेन्सी, १७ फाल्गुण । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि पाकिस्तानको कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
आइतबार अमेरिकी तथा इजरायली आक्रमणको विरोधमा प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण बनेको जियो न्यूजले उल्लेख गरेको छ ।
रिपोर्टमा एमटी खान रोड क्षेत्रबाट छ जनाको शव र १० घाइतेलाई कराँचीको सिभिल अस्पताल लगिएको र पछि अस्पतालको ट्रमा केन्द्रले सात शव र १८ घाइते उपचारका लागि ल्याइएको पुष्टि गरेको उल्लेख छ । उपचारकै क्रममा थप एक घाइतेको मृत्यु भएपछि मृतक संख्या नौ पुगेको जनाइएको छ ।
प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासतर्फ अघि बढ्ने प्रयास गर्दै ढुंगामुढा गरेपछि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहारसहित बल प्रयोग गरेको थियो । घटनापछि आसपासको क्षेत्रमा सवारी आवागमन समेत प्रभावित भएको थियो। सुल्तानाबाददेखि माई कोलाची जाने सडक बन्द गरिएपछि ठूलो ट्राफिक जाम भएको प्रहरीले जनाएको छ ।
सिन्ध प्रदेशका गृहमन्त्री जियाउल हसन लञ्जारले घटनाबारे विस्तृत विवरण माग गर्दै कानून हातमा लिन कसैलाई अनुमति नदिइने बताएका छन् । साथै संवेदनशील स्थानहरूको सुरक्षा थप कडा बनाउन निर्देशन दिइएको छ।
यसैबीच लाहोरस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर पनि सयौं प्रदर्शनकारी भेला भएका थिए । त्यहाँ सुरक्षा गेटमा क्षति पुर्याउने प्रयास भए पनि प्रहरीले बल प्रयोग नगरी स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।
उता इरान समर्थक प्रदर्शनकारीहरू इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास रहेको ग्रीन जोन बाहिर समेत भेला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।