नर्वेका पूर्व प्रधानमन्त्रीको आत्महत्या प्रयास, अस्पताल भर्ना

२०८२ फाल्गुण १३ बुधवार
सारांश
  • नर्वेका पूर्व प्रधानमन्त्री थोर्बजोर्न जगल्याण्डले आत्महत्को प्रेस गरेका छन् ।

एजेन्सी, १३ फाल्गुण । नर्वेका पूर्व प्रधानमन्त्री थोर्बजोर्न जगल्याण्डले आत्महत्को प्रेस गरेका छन् ।

 

मिडिया रिपोर्टका अनुसार आत्महत्याको प्रयास गरेको आशंकापछि जगल्याण्डलाई अस्पतालमा भर्ना गरिएको छ । गत साता भएको सप घटना पछि हाल उनी चिकित्सकको निगरानीमा उपचाररत रहेको जनाइएको छ ।

 

घटनाबारे प्रारम्भमा सार्वजनिक जानकारी नआए पनि केही सञ्चारमाध्यमले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै समाचार प्रकाशन गरेका थिए । जागल्याण्ड बारे जेफ्री एपस्टाइन् फाइलमा नाम आएपछि उनले यस्तो गरेको दाबि गरिएको छ ।

 

यसैबीच, जागल्याण्डमाथि नर्वेमा गम्भीर भ्रष्टाचारको अभियोग दर्ता गरिएको पुष्टि भएको छ । दोषी प्रमाणित भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ। उनका कानुनी प्रतिनिधिले भने लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्दै अस्वीकार गरेका छन् ।

 

७५ बर्षिय जागल्याण्डले २००९ देखि २०१९ सम्म युरोप परिषद्को महासचिवको रूपमा काम गरेका थिए भने १९९६ देखि १९९७ सम्म नर्वेको प्रधानमन्त्री, २००० देखि २००१ सम्म विदेशमन्त्री र २००५ देखि २००९ सम्म स्टोर्टिङ्गको अध्यक्षको रूपमा काम गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार