यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर

२०८२ माघ ०९ शुक्रवार
सारांश
  • मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।
  • टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ ।

काठमाण्डौ, ९ माघ । मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।

टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको हो । मेक्सिको सिटीमा ४.४ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । मेक्सिको सिटीमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १८४ घण्टा समय बिताउने गर्दछन् ।

 

यस सूचीमा भारतको बैंगलुरु शहर दोस्रो स्थानमा छ । बैंगलुरुको औसत ट्राफिक जामको स्तर ७४.४ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.२ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै बैंगलुरुमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १६८ घण्टा समय बिताउने गर्दछन् ।

 

त्यसैगरी यस सूचीको तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ ।  डब्लिनको औसत ट्राफिक जामको स्तर ७२.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.४ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै डब्लिनमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १९१ घण्टा समय बिताउने गर्दछन् ।

 

यस सूचीको चौथो स्थानमा  पोल्याण्डको लोडज शहर रहेको छ । लोडजको औसत ट्राफिक जामको स्तर ७२.८ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.१ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ५.६ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै लोडजमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १३५ घण्टा समय बिताउने गर्दछन् ।

 

यस सूचीमा पाँचौं स्थानमा भारतको पुणे शहर रहेको छ । पुणेको औसत ट्राफिक जामको स्तर ७१.१ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ५.४ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.५ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै पुणेमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १५२ घण्टा समय बिताउने गर्दछन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार