अमेरिकाले भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको एमाले सचिव बस्नेतको टिप्पणी
२०८२ पुष २० आइतवार
- उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् ।
काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन् ।
उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् ।
सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।
उनले विश्वशान्ति र राष्ट्रहरूको स्वाधीनताको पक्षमा अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर प्रतिरोधमा उत्रिनुपर्ने आवश्यकता औँल्याए ।
‘कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरेर हस्तक्षेप गर्नु सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘यस्ता कदमले विश्व व्यवस्थालाई अझ अस्थिर बनाउने खतरा हुन्छ।’
सचिव बस्नेतले अन्तर्राष्ट्रिय सम्बन्धमा समानता, पारस्परिक सम्मान र सार्वभौमिक अधिकारको रक्षा अपरिहार्य भएको उल्लेख गर्दै विश्व समुदायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।