मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न चीनको आग्रह
२०८२ पुष २० आइतवार
- चीनले एक सार्वभौम राज्यविरुद्ध अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको बताउदै मादुरोलाई पक्राउ गरेको प्रति कडा निन्दा समेत गरेको छ ।
काठमाडौँ : चीनले अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ ।
चीनले एक सार्वभौम राज्यविरुद्ध अमेरिकाको स्पष्ट बल प्रयोगबाट स्तब्ध भएको बताउदै मादुरोलाई पक्राउ गरेको प्रति कडा निन्दा समेत गरेको छ ।
चीनको विदेश मन्त्रालयले अमेरिकालाई राष्ट्रपति मादुरो र उनकी श्रीमतीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई तुरुन्तै रिहा गर्न, भेनेजुएलाको शासनलाई उल्टाउने प्रयास बन्द गर्न आग्रह गर्दै वार्ताबाट समस्या समाधान गर्न आह्वान गरेको छ ।
मादुरो र उनकी श्रीमतीलाई भेनेजुएलाबाट शनिबार पक्राउ गरी अहिले न्यूयोर्कक ब्रुकलिन हिरासत कक्षमा राखिएको छ । ट्रम्प प्रशासनले मादुरो र उनकी श्रीमतीलाई लागूऔषध तस्करी र अमेरिकीहरुको ज्यान जोखिममा पारेको मुद्धा दायर गरेका छन् र केहि दिनमा अदालतमा पेश गर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।