चक्रवात दित्वाहबाट श्रीलंकामा ३३० भन्दा बढीको मृत्यु, आपतकालीन अवस्था घोषणा
२०८२ मङ्सिर १५ सोमवार
- श्रीलंकामा चक्रवात दित्वाहले देशमा विनाश मच्चाएपछि विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ ।
काठमाण्डौ, १५ मङ्सिर । श्रीलंकामा चक्रवात दित्वाहले देशमा विनाश मच्चाएपछि विनाशकारी बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ३३० भन्दा बढी पुगेको छ ।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी व्यक्ति बेपत्ता छन् र लगभग २० हजार घरहरू ध्वस्त भएका छन् । एक लाखभन्दा बढी मानिसहरू आश्रय लिन बाध्य भएका छन् । अहिले श्रीलंकाको लगभग एक तिहाइ भाग बिजुली वा पानी आपूर्तिबाट वञ्चित रहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
चक्रवात दित्वाहको विनाशकारी प्रभावका कारण देशमा आपतकालीन अवस्था घोषणा गरिएको छ । राष्ट्रपति अनुरा कुमार दिसानायकेले यो देशको इतिहासको सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोप भएको र विनाशको हदले पुनर्निर्माणको अनुमान गर्न गाह्रो बनाएको बताएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपील गरेको छ र विदेशमा बस्ने श्रीलंकालीहरूलाई प्रभावित समुदायहरूलाई सहयोग गर्न आग्रह गरेको छ । चक्रवात दित्वाह शुक्रबार श्रीलंकाको पूर्वी तटमा पुगेको थियो तर त्यसपछि यो अगाडि बढेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।