ट्रम्पले साउदी अरेबियालाई दिए गैर-नेटो सहयोगीको दर्जा
२०८२ मङ्सिर ०३ बुधवार
- अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट साउदी अरेबियालाई 'प्रमुख गैर-नेटो सहयोगी' को दर्जा दिने घोषणा गरेका छन् ।
एजेन्सी, ३ मङ्सिर । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको तर्फबाट साउदी अरेबियालाई 'प्रमुख गैर-नेटो सहयोगी' को दर्जा दिने घोषणा गरेका छन् ।
यो घोषणा साउदी राजकुमार मोहम्मद बिन सलमानको अमेरिकी भ्रमणमा रहेका बेला गरिएको हो ।
ट्रम्पले भनेका छन्- 'म हाम्रो सैन्य सहयोगलाई नयाँ स्तरमा लैजाँदैछौं भनेर घोषणा गर्न पाउँदा खुसी छु । हामी औपचारिक रूपमा साउदी अरेबियालाई 'प्रमुख गैर-नेटो सहयोगी' तोक्दैछौं ।'
'प्रमुख गैर-नेटो सहयोगी' बनेपछि अमेरिकाले साउदी अरेबियासँग सैन्य सहयोग बढाउनेछ, गुप्तचर जानकारी साझा गर्नेछ, र रक्षा प्रविधि र हतियारहरूमा सजिलो पहुँच प्रदान गर्नेछ । विश्वका २० देशहरूले मात्र यो मान्यता प्राप्त गरेका छन् ।
'प्रमुख गैर-नेटो सहयोगी' को मान्यता पाउने देशमा अस्ट्रेलिया, इजिप्ट, इजरायल, जापान, न्यूजील्याण्ड, जोर्डन, अर्जेन्टिना, बहराइन, फिलिपिन्स, ताइवान, थाईल्याण्ड, कुवेत, मोरक्को, पाकिस्तान, ट्युनिसिया, ब्राजिल, कोलोम्बिया, कतार र केन्या रहेका छन् र अब सूचीमा साउदी अरेबिया थपिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’