- ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।
एजेन्सी, ६ कार्त्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच हंगेरीमा हुने भनिएको भेटवार्ता रद्ध भएको छ । ट्रम्पले पुटिनसँगको हंगेरीको बुडापेष्टमा हुने वार्ता रद्ध भएको जानकारी दिएका हुन् । उनले अहिले पुटिनसँग वार्ता गर्ने सहि समय नभएको बताएका छन् ।
साथै ट्रम्पले अर्को हप्ता मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने घोषणा पनि गरेका छन् । उनी दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो भेटघाट गर्ने कार्यक्रम छ । ट्रम्पले यो भेटघाटले धेरै मुद्दा र विषयहरूमा सहयोग र छलफललाई सहज बनाउने बताएका छन् ।
अर्कोतर्फ बुडापेस्टमा राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । अमेरिकी अर्थसचिव स्कट बेसान्टले रुसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलसहित दर्जनौं सहायक कम्पनीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ ।
बेसान्टले यस बारेमा जानकारी दिदै यो कारबाही पुटिनको अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकारको कारणले गरिएको बताएका छन् । उनले हत्या रोक्ने र तत्काल युद्धविरामको लागि आह्वान गर्ने समय आएको बताए ।
रोसनेफ्ट र लुकोइल, दर्जनौं सहायक कम्पनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय महिनौंदेखिको पारस्परिक दबाबको पछि आएको छ, जसमा सांसदहरूले राष्ट्रपति ट्रम्पलाई रूसको तेल उद्योगलाई लक्षित गर्न आग्रह गरिरहेका थिए ।
ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’