ट्रम्पले दिए भेनेजुएलामा अपरेशन सञ्चालन गर्न सीआईएलाई अनुमति

२०८२ असोज ३० बिहीबार
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अपरेशन सञ्चालन गर्न सीआईएलाई अधिकार दिएको बताएका छन् ।

एजेन्सी, ३० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अपरेशन सञ्चालन गर्न सीआईएलाई अधिकार दिएको बताएका छन् ।

 

अमेरिकी सेनाले क्यारिबियनमा लागूपदार्थ तस्करीको आशंकामा जहाजहरूमा कम्तिमा पाँच आक्रमणहरू गरेका छन्, जसमा २७ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र मानव अधिकार विज्ञहरूले यी कार्यहरूलाई गैरकानूनी हत्या भनेर वर्णन गरेका छन् । ह्वाइट हाउसमा, ट्रम्पले अमेरिकाले लागूपदार्थ कार्टेलहरू विरुद्ध थप कारबाहीको तयारी गरिरहेको बताए ।

 

यसैबीच, भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले टेलिभिजनमा अमेरिकालाई शान्तिको लागि अपील गरे । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार, ट्रम्पको स्वीकृतिले सीआईएलाई भेनेजुएलामा एकतर्फी रूपमा वा व्यापक अमेरिकी सैन्य अपरेशनको भागको रूपमा अपरेशन सञ्चालन गर्न अनुमति दिएको छ ।

 

सीआईए भेनेजुएलामा अपरेशनको लागि तयारी गरिरहेको छ कि छैन भन्ने कुरा हाल स्पष्ट भने रहेको छैन । ट्रम्पले दुई कारणले सिआईएलाई यस्तो अधिकार दिएको बताएका छन् । पहिलो, उनीहरूले (भेनेजुएला) आफ्नो जेलबाट कैदीहरूलाई संयुक्त राज्य अमेरिकामा रिहा गरुन र दोस्रो लागूपदार्थ हो । धेरै भेनेजुएलाबाट आउने लागूपदार्थलाई आफुहरुले रोक्ने ट्रम्पले बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार