जेनजी आन्दोलनपछि देश छोडेर भागे मेडागास्करका राष्ट्रपति

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।

काठमाडौँ: पूर्वी अफ्रिकन देश मेडागास्करमा जेनजी आन्दोलनपछि राष्ट्रपति एन्ड्री राजोलिनाले देश छोडेर भागेका छन् । 
 

जेनजी आन्दोलनमा मेडागास्करमा एक सातामा दोस्रो पटक सत्ता ढलेको हो ।
 

संसदमा विपक्षी दलका नेता सिटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू विद्रोह गरेर प्रदर्शनकारीहरूमा सामेल भएपछि राजोलिना आइतबार मडागास्कर छोडेर गएको बताएका छन् ।
 

राजोलिना देश छोडेर कुन देशमा गए भन्ने अज्ञात रहेको बताइएको छ ।  केहि रिपोर्टहरुमा उनी फ्रान्स गएको दाबि गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार