हमास सबै बन्धकहरूलाई सशर्त रिहा गर्न सहमत, विपिन जोशीको अवस्था सार्वजनिक हुने
२०८२ असोज १८ शनिवार
- हमाससँग अझै २० बन्धक जिवितै रहेको दाबि गरिएको छ । तर उनीहरुको विवरण अहिलेसम्म स्पष्ट छैन । हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था पनि अहिलेसम्म अज्ञात रहेको छ ।
एजेन्सी, १८ असोज । हमासले सबै बन्धकहरूलाई रिहा गर्न ससर्त सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले शर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदाहरूमा छलफल गर्न चाहेको बताएको छ ।
हमासले बन्धक रिहा गर्ने घोषणा गरेपछि, ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्- 'हमासले जारी गरेको विज्ञप्तिको आधारमा, मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन् । इजरायलले गाजामा तुरुन्तै बम विष्फोट बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं ।'
हमाससँग अझै २० बन्धक जिवितै रहेको दाबि गरिएको छ । तर उनीहरुको विवरण अहिलेसम्म स्पष्ट छैन । हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था पनि अहिलेसम्म अज्ञात रहेको छ ।
हालै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकामा रहेकै समयमा ट्रम्प र नेतान्याहू अमेरिकी शान्ति योजनामा सहमत भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।