इरानले युरेनियम सम्बर्द्धन कार्यक्रम रोक्दैन- खामेनी

२०८२ असोज ०८ बुधवार
सारांश
  • 'अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।'

एजेन्सी, ८ असोज । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इरानको आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

 

खामेनीले आणविक हतियार विकास गर्ने कुनै मनसाय नभएपनि 'युरेनियम सम्बर्द्धन; कार्यक्रम भने नरोकिने बताएका हुन् ।

 

इरानी रेडियो र टेलिभिजनमा प्रसारित भाषणमा खामेनीले इरानी राष्ट्रको एकता, युरेनियम समृद्धि र अमेरिकासँगको सम्बन्धका बारेमा जोड दिएका थिए । उनले भने- 'अमेरिकासँग वार्ताको कुनै फाइदा छैन, बरु हानिकारक छ । धम्की पाएपछि कुनै पनि देशले वार्ता गर्दैन ।'

 

इरानको आणविक उद्योग र समृद्धि बन्द गर्ने बारे अमेरिकाको भनाइलाई उल्लेख गर्दै खामेनीले इरानी जनताले यस्ता बयान दिने कसैलाई पनि नसहने बताए । आफ्नो भाषणको क्रममा खामेनीले इरानसँग आणविक हतियार नभएको र भविष्यमा पनि विकास नगर्ने स्पष्ट गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार