- अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) का गभर्नर लिसा कुकले राष्ट्रपति ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् ।
एजेन्सी, १३ भाद्र । अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) का गभर्नर लिसा कुकले राष्ट्रपति ट्रम्पविरुद्ध अदालतमा मुद्दा दायर गरेकी छिन् ।
ट्रम्पले उनलाई ठगीको मुद्दामा जागिरबाट हटाएका थिए । लिसा कुकले अदालतलाई उनलाई हटाउने ट्रम्पको निर्णय गलत र गैरकानूनी रहेको दाबी रहेको छ । उनले यस मुद्दामा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेललाई पनि समावेश गरेकी छिन् ।
लिसा कुकमाथि धितो ठगी (घर खरिदमा ठगी) को आरोप लागेको थियो । यी आरोपहरू फेडरल हाउसिङ फाइनान्स एजेन्सीका निर्देशक बिल पल्टेले लगाएका थिए, जो ट्रम्पका कट्टर समर्थक र फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलका आलोचक मानिन्छन् ।
ट्रम्पले लामो समयदेखि फेडरल रिजर्भलाई ब्याजदर (ऋण र बचत दर) घटाउन दबाब दिँदै आएका छन् । कुक अमेरिकामा ब्याजदर निर्धारण गर्ने सात सदस्यीय टोलीमा छन् ।
कुकका वकिल अबे लोवेलले कुकलाई हटाउने ट्रम्पको प्रयास गलत रहेको बताउदै फेडरल रिजर्भ कानूनले गभर्नरलाई हटाउन ठोस कारणहरू आवश्यक पर्ने र कुकको पुरानो ऋण मुद्दामा कुनै ठोस प्रमाण र ठोस कारण नरहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’