बेलायतमा, गम्भिर अपराधमा अल्जेरियन र इजिप्टियन नागरिकहरू
२०८२ भाद्र १३ शुक्रवार
- अवैध आप्रवासीको हिसाबले भने अफगानिस्तान, इरान र सिरियाको हिस्सा सबैभन्दा बढी छ ।
काठमाडौँ, १३ भाद्र । बेलायतमा, यौन हिंसाका प्रत्येक ७ जना अपराधीमध्ये १ जना विदेशी नागरिक छन् । बेलायती न्याय मन्त्रालयको प्रतिवेदन अनुसार, बेलायतमा विगत चार वर्षमा विदेशी नागरिकहरूले गर्ने अपराध ६२ प्रतिशतले बढेको छ, जसमध्ये सबैभन्दा बढी भारतीय नागरिकहरू छन् ।
२०२१ देखि २०२४ सम्म यौन हिंसाका घटनाहरूमा दोषी पाइएका भारतीयको संख्या २५७ प्रतिशतले बढेको छ । २०२१ मा, यस्ता घटनामा केवल २८ जना भारतीय दोषी पाइएका थिए, जबकि २०२४ मा यस्ता १०० वटा घटनाहरू प्रकाशमा आए । साथै, नाइजेरियाली नागरिकहरूले गर्ने अपराधका घटनाहरू १६६ प्रतिशत र इराकी नागरिकहरूले गर्ने अपराधका घटनाहरू १६० प्रतिशतले बढेका छन् ।
गम्भीर अपराधहरूमा भारतीय नागरिकहरूको सहभागिता पनि ११५ प्रतिशतले बढेको छ । २०२१ मा, यस्ता घटनाहरूमा २७३ भारतीयहरू दोषी पाइएका थिए । जबकि २०२४ मा यो संख्या बढेर ५८८ पुगेको छ । यद्यपि, यी अपराधहरूमा अल्जेरियन र इजिप्टियन नागरिकहरू भारतभन्दा अगाडि छन् ।
बेलायती सरकारका अनुसार २०२४ मा २९३ भारतीय अवैध रूपमा बेलायत पुगेका थिए । त्यस्तै २०२५ को पहिलो ६ महिनामा २०६ जना पुगेका थिए। यद्यपि, अवैध आप्रवासीको हिसाबले भने अफगानिस्तान, इरान र सिरियाको हिस्सा सबैभन्दा बढी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’