भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै
२०८२ भाद्र ०९ सोमवार
- राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ ।
काठमाडौँ: भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा व्यक्त गरिएको छ ।
सरकारले सावधानीका रूपमा ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ। राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ ।
धेरै क्षेत्रमा रेल र उडानहरू रोकिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन् । अधिकारीहरूले यो आँधी गत वर्षको यागी आँधी जत्तिकै शक्तिशाली साबित हुन सक्ने बताइएको छ । यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्याएको थियो ।
टाइफुन काजिकी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो । अब भियतनामका पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष चपेटामा परेका छन् ।
स्थानीय प्रशासनले मानिसहरूलाई सतर्क रहन अपील गरेको छ र स्थितिको निरन्तर निगरानी भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’