किमको उपस्थितिमा उत्तर कोरियाद्वारा दुई नयाँ क्षेप्यास्त्र परीक्षण

२०८२ भाद्र ०८ आइतवार
सारांश
  • एजेन्सीले परीक्षणले दुवै क्षेप्यास्त्रहरू ड्रोन र क्रूज क्षेप्यास्त्रहरू सहित विभिन्न हवाई लक्ष्यहरूलाई नष्ट गर्न सक्षम रहेको दाबि गरेको छ ।

काठमाडौँ, ८ भाद्र । उत्तर कोरियाले दुई नयाँ हवाई रक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएका अनुसार, यो परीक्षण नेता किम जोङ-उनको निरीक्षणमा गरिएको थियो ।

 

केसीएनएले प्राविधिक विवरणहरू साझा नगरी यी हतियारहरूमा 'उत्कृष्ट लडाई क्षमता' छ र तिनीहरूमा 'विशेष प्रविधि' प्रयोग गरिएको उल्लेख गरेको छ ।

 

एजेन्सीले परीक्षणले दुवै क्षेप्यास्त्रहरू ड्रोन र क्रूज क्षेप्यास्त्रहरू सहित विभिन्न हवाई लक्ष्यहरूलाई नष्ट गर्न सक्षम रहेको दाबि गरेको छ ।

 

यो क्षेप्यास्त्र परीक्षण त्यस्तो समयमा गरिएको थियो जब दक्षिण कोरियाले मंगलबार सीमा पार गर्ने उत्तर कोरियाली सैनिकहरूमाथि चेतावनी गोली चलाएको थियो ।

 

योनहाप एजेन्सीका अनुसार, लगभग ३० उत्तर कोरियाली सैनिकहरूले केही समयको लागि गैऱ्ह-सैन्य क्षेत्र पार गरेपछि गोली चलाएको जनाएको छ ।

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार