- विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।
काठमाडौं : गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेश मन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन् ।
विदेश मन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा गाजामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई उपकरणको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।
उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए । हामासले सन २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि दीर्घकालसम्म जर्मनीले संयुक्त राज्य अमेरिकासँगै इजरायलको कारबाहीलाई समर्थन गरेको थियो ।
तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।
गाजाको सन्दर्भमा यो भनाइ विदेश मन्त्रीको र चान्सलर फ्रेडरिक मर्जको अहिलेसम्मको सबैभन्दा कडा भत्र्सना भएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’