भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह
२०८२ बैशाख ३० मंगलबार
- भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो । तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।
काठमाडौं : एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो । तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।
भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मङ्गलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरेको जानकारी दिएका छन् ।
एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं ’
इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडानहरू मङ्गलबारका लागि रद्द गरिएको जनाएको छ ।
दुवै एयरलाइन्सहरूले यात्रुहरूलाई अधै हुने परिवर्तन वा जानकारीका लागि आफ्ना वेबसाइटहरू वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् ।
यसबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेको छ, जसले अझै पनि सुरक्षा अवस्था संवेदनशील रहेको संकेत गर्दछ ।
यात्रुहरूलाई ट्राभल एड्भाइजरीको पालना गर्दै आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।