भूकम्प प्रभावित म्यानमार : १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय
२०८१ चैत्र १८ सोमवार
- देशको दोस्रो ठूलो शहर मन्डलेमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई ठूलो मात्रामा राहत कार्यहरू समन्वय गर्न चिनियाँहरुले स्वयंसेवा गरिरहेका छन् ।
एजेन्सी : शनिबार म्यानमारमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा परी १,७०० जनाको मृत्यु भएको छ भने ३,४०० जना घाइते भएका छन् । ३०० जना बेपत्ता भएको देशको राज्य प्रशासन परिषद्ले जनाएको छ ।
भूकम्प पश्चात त्यहाँ रहेका चिनियाँ प्रवासी र बासिन्दाहरूले राहत र उद्धारमा विशेष भूमिका निर्वाह गरिरहेका छन् । देशको दोस्रो ठूलो शहर मन्डलेमा गएको विनाशकारी भूकम्पबाट प्रभावित समुदायहरूलाई ठूलो मात्रामा राहत कार्यहरू समन्वय गर्न चिनियाँहरुले स्वयंसेवा गरिरहेका छन् ।
म्यानमारमा बसोबास गर्ने चिनियाँ नागरिकहरूले सहायता सञ्जालहरू व्यवस्थित गरेर मन्डलेलगायत प्रभावित क्षेत्रहरूमा राहत र उद्धारमा क्रियाशील छन् ।
चन्दा सङ्कलनदेखि राजधानी याङ्गुनमा पिउने पानी, खाना र चिकित्सा सामग्रीहरू लगायत राहत सामग्रीहरू व्यवस्थापन भइरहेको छ ।
याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको पु¥याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।
सडकहरूमा गम्भीर क्षति भएका कारण मन्डलेको यात्रा चुनौतीपूर्ण भएको छ, केही मार्गहरूले सामान्य सात घण्टाको सट्टा १० घण्टाभन्दा बढी समय लिएका छन्।
त्यस्तै यता, ७.७ म्याग्निच्युडको भूकम्प गएको ६५ घण्टाभन्दा बढी समयपछि, चिनियाँ उद्धारकर्ताहरूले सोमबार स्थानीय समय अनुसार बिहान ६ः२० बजे मन्डलेबाट एक गर्भवती महिलालाई बाहिर निकालेका छन्। त्यस्तै, मन्डलेस्थित स्काई भिल्ला कन्डोमिनियमको भग्नावशेषबाट चिनियाँ उद्धार टोलीले एक सानो बच्चालाई सफलतापूर्वक बाहिर निकालेका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोली सबैभन्दा बढी सक्रिय भइरहेको छ । मन्डले शहरमा सोमबार चीनको राष्ट्रिय उद्धार टोलीले भत्किएको होटलको भग्नावशेषबाट एक महिलालाई पनि जीवितै निकालेको थियो । पाँच घण्टाको अपरेशनपछि ग्रेट वाल होटलको भग्नावशेषबाट जीवित महिलालाई निकालिएको थियो। सिीसीटिभीप्लस)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।