रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
२०८१ चैत्र ८ शुक्रवार
- रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुसी सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रहरूमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमाण्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेलहरू, र सेना र उपकरण केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।
एजेन्सी : रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुसी सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रहरूमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमाण्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेलहरू, र सेना र उपकरण केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।
रुसी सेनाले खार्किभ, डोनेट्स्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ । रुसी वायु रक्षा बलले २२५ युक्रेनी ड्रोनलाई अवरुद्ध गरेको पनि जनाएको छ ।
कुस्र्क क्षेत्रमा, रुसी सेनाले युक्रेनी हतियार र दुई ड्रोन नियन्त्रण बिन्दुहरू नष्ट गरेको दाबी गरेको छ। तर यता, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आफूहरुले गरेको आक्रमणको कारण हवाई क्षेत्रमा विस्फोट र आगलागी भएको र त्यसपछि दोस्रो विस्फोट भएको दाबी गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
-
रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता
-
भोटेकोशी बाढीपछि हालसम्म ७८८ जनाको शव फेला
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।