- यो नवीन विमान एयरड्रप क्षमताले सुसज्जित देशको पहिलो ठूलो मानवरहित यातायात विमान रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सी : चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ ।
शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको हो ।
यो नवीन विमान एयरड्रप क्षमताले सुसज्जित देशको पहिलो ठूलो मानवरहित यातायात विमान रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
ठूला कार्गो ड्रोनहरूको लागि चीनको नागरिक उड्डयन मापदण्ड अनुसार पूर्ण रूपमा विकसित, टिपि एक हजारकोे टेकअफ तौल क्षमता ३.३ टन रहेको बताइन्छ । यस्तै अधिकतम पेलोड क्षमता एक हजार किलोग्राम रहेको छ ।
यी ड्रोनहरूले कम उचाइको कार्गो ढुवानीको बढ्दो माग पूरा गर्न भरपर्दो रहेको बताइन्छ।
‘पहिलो उडान २६ मिनेटसम्म चल्यो, र विमानको प्रदर्शन भर स्थिर रहेको थियो । सबै प्रदर्शन मेट्रिक्सले हाम्रो अपेक्षाहरू पूरा गर्यो। उडानको क्रममा, ड्रोनले उत्कृष्ट स्थिरता, गतिशीलता र पावर प्रणाली प्रदर्शन प्रदर्शन ग¥यो, सबै प्यारामिटरहरू आदर्श दायरा भित्र रह्यो’ टिपि एक हजार अनुसन्धान र विकास टोलीका नेता जिन गेले भने ।
सो ड्रोन २०२६ सम्ममा सञ्चालन सेवामा प्रवेश गर्ने अपेक्षा राखिएको छ । जसले चीनको मानवरहित हवाई वाहन प्रविधि र आपतकालीन अवस्थामा उपयोगी रहने दाबी गरिएको छ। ‘सिसिटीभीप्लस
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।