भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १४ जनाको मृत्यु

२०८१ फागुन ३ गते शनिवार
सारांश
  • मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो ।

उत्तरी भारतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएका छन् ।

 

उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् ।

 

मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो ।

 

मृत्यु हुनेहरू मध्य राज्य छत्तीसगढका थिए । उनीहरू पवित्र स्नान गर्न प्रयागराज जाँदै थिए ।

 

मध्य प्रदेशको अर्को राज्यका करिब २५ यात्रु बोकेको बस प्रयागराजबाट आउँदै गर्दा दुर्घटना भएको हो ।

 

पश्चिमी राज्य गुजरातको दाहोद जिल्लामा शुक्रबार राति गाडी पार्किङ गरिएको बससँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार