- इशिबाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसको गठबन्धन साझेदार कोमितोले संसदको तल्लो सदनमा २१५ सिट मात्र जितेको छ, अघिल्लो चुनावमा यो सदनमा २७९ सिट जित्न सफल भएको थियो ।
जापान (टोकियो) । विश्वको चौथो ठूलो अर्थतन्त्रको नेतृत्व गर्ने स्पष्ट जनादेश नभएका प्रधानमन्त्री शिगेरु इसिबाको सत्तारूढ गठबन्धनलाई जापानीहरुले दण्ड दिएको छ ।
इशिबाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसको गठबन्धन साझेदार कोमितोले संसदको तल्लो सदनमा २१५ सिट मात्र जितेको छ, अघिल्लो चुनावमा यो सदनमा २७९ सिट जित्न सफल भएको थियो । दुई क्याबिनेट मन्त्री र कोमितोका नेता केइची इसिले चुनाव हारेका छन् । इशिबाले अब साना दलाहरुसङ्ग पनि मोलमोलाई र सम्झौता गर्नुपर्ने देखिन्छ ।
सबैभन्दा ठूलो विजेता, मुख्य विपक्षी कन्स्टिट्युशनल डेमोक्र्याटिक पार्टी अफ जापान (सिडिपिजे) ले १४८ सिट जितेको छ, जुन अघिल्लो ९८ भन्दा बढी हो, यद्यपि बहुमतको लागी २३३ सिट आवश्यक पर्दछ ।
इशिबाले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ (०५०० जिएमटी)। जापानी मिडियाका अनुसार, एलडीपीले बहुमत पुऱ्याई सरकार नेतृत्त्व गर्न नोभेम्बर ७ मा संसद् बोलाउने योजना बनाएको छ ।
जापानको चुनावको यो परिणामले एक दृढ चीन र आणविक हतियारयुक्त उत्तर कोरियासङ्गको सम्बन्ध कसरी अगाडी बढ्ला त्यो भने हेर्न बाँकी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’