सरकारी असक्षमताले गर्दा लगानीमैत्री वातावरण बन्न सकेन

२०८१ मंसिर २१ गते शुक्रवार
सारांश
  • विदेशी मुद्राको संचिति पर्याप्त नभएर आज पाकिस्तानमा कत्रो समस्या आईरखेको छ। अन्तराष्ट्रिय मुद्रा कोषमा गएर हात जोडन परिराखेको छ। विदेशी मुद्राको अभाव भएर श्रीलंकामा त्यत्रो समस्या भयो, राष्ट्रिय संकट नै आईपर्र्यो। हामीकहाँ अभाव होइन, बचतमा छ। यसको मतलव हामीकहाँ लगानी गर्ने पर्याप्त पोइसा छ।

पछिल्लो समय बैंकमा पोइसा थुप्रिएको छ। बैंकमा जम्मा भएको पोइसा लगानीको लागि उपयोग भैरहेको छैन। यसलाई बुझ्न तिनओटा विषयहरू हेर्नुपर्छ।  बैंकमा कुन अवस्थामा रकम थुप्रियो अथवा तरलता बढ्यो भन्ने कुरा हो। अनि बैंकमा तरलता बढेर जानुको अर्थ के हो ? तरलता प्रयोग भएको छ भने पनि कुन क्षेत्रमा कसरी भैरहेको छ ? यी तिनओटा कुराहरू महत्वपुर्ण हुन्छ।

 

अब हामीकहाँ तरलता बढेर जानुको एउटा कारण चाही विप्रेषण पनि हो। विप्रेषणको कारणले देशको कुल ग्राहस्थ उत्पादन जिडिपिको करिब २४-२५ प्रतिशत स्थान ओगटेको छ। त्यो पोईसा बैंकहरूमा आउछ। बैंकहरूले त्यसलाई साटेर नेपाली मुद्रामा रुपान्तरण गरिसकेपछि नेपाली जनताको हातमा आउछ।  तर साटेर जति दिन्छ त्यो थुप्रेर बैंकमै बस्यो। जसले गर्दा बैंकमा तरलता बढेर गयो।

 

एक किसिमले यो राम्रो हो। किनभने सबैभन्दा ठुलो संकट भनेको नै अहिलेको विश्वमा विशेष गरेर हाम्रो जस्तो सानो देशमा विदेशी मुद्राको संचितिको संकट हो। त्यो संचिति घटेर गयो भने, रेटिङ्ग पनि घटेर जान्छ।  वस्तु आयात गर्न सकिन्न।  उपभोगका सामान देखि मेसिनरी वस्तुहरू सबैको आयातमा समस्या पर्छ।  यसले गर्दा अर्थतन्त्र धरासायी हुन जान्छ।  

यो मानेमा अहिले ठुलो मौका आएको थियो।  यो समयमा विदेशी मुद्राको संचितिलाई नेपालको पुन: निर्माण, पूर्वाधार निर्माण र उत्पादनाशील व्यवसायमा लगानी गर्ने कुराहरूमा नेपाल सरकारले यसलाई राम्रोसँग अगाडि लैजान सकेको भए हामीलाई विदेशी मुद्राको "कन्सट्रेण्ट" हुने थिए। त्यो ठुलो सहुलियत हो।

 

विदेशी मुद्राको संचिति पर्याप्त नभएर आज पाकिस्तानमा कत्रो समस्या आईरखेको छ।  अन्तराष्ट्रिय मुद्रा कोषमा गएर हात जोडन परिराखेको छ। विदेशी मुद्राको अभाव भएर श्रीलंकामा त्यत्रो समस्या भयो, राष्ट्रिय संकट नै आईपर्र्यो। हामीकहाँ अभाव होइन, बचतमा छ। यसको मतलव हामीकहाँ लगानी गर्ने पर्याप्त पोइसा छ।  

 

विदेशी मुद्राको संचिति पर्याप्त नभएर आज पाकिस्तानमा कत्रो समस्या आईरखेको छ।  अन्तराष्ट्रिय मुद्रा कोषमा गएर हात जोडन परिराखेको छ। विदेशी मुद्राको अभाव भएर श्रीलंकामा त्यत्रो समस्या भयो, राष्ट्रिय संकट नै आईपर्र्यो। हामीकहाँ अभाव होइन, बचतमा छ। यसको मतलव हामीकहाँ लगानी गर्ने पर्याप्त पोइसा छ।

 

तपाईको घरमा यसरी आम्दानि बढेर गयो कि, हिजोसम्म तपाईलाई लाउन, खान पनि गर्र्हो थियो, आज तपाईसँग ३-५ करोड घरमै छ । अब तपाई त्यो पोइसा के गर्नुहुन्छ ? प्रयोग नै भएन नि ! भन्दाखेरी प्रयोग गर्न सक्ने क्षमता नेपाली राज्यको भएन, यो बढो दुखदायी स्थिति हो। यो 'स्टेट फेलियर' हो ।

 

बैंकहरूले लगानी बढाउन जति कोशिस गरेका छन्, त्यसमा निजि क्षेत्र चाही उत्साहित छैनन्, उत्साहित देखिएनन। अब लगानी गर्ने मान्छेले सबैभन्दा पहिला पुँजीको मूल्य हेर्छ, त्यो भनेको व्याजदर हो। अहिले व्याजदर घटेर बचत खातामा हामीले २-४ लाख वा १०-२० लाख बचत गरायौं भने पहिला ११-१२ % सम्म ब्याज दिन्थ्यो। अहिले ब्याजदर ५-६ प्रतिशतमा घटेको छ । यसरी ब्यजादर घटाएर बैंकले लगानीका लागि पोइसा दिईरहदा पनि लगानीकर्ता ऋण लिन नआउनुको मतलव के हो त ? नेपालमा लगानीकर्ताहरूलाई लगानी गरेर पोइसा कमाउन सकिन्छ भन्ने विश्वासै भएन।  

 

कुनै पनि लगानी कर्ताले लगानी गर्दा दुईओटा कुरा हेर्छ। एउटा जोखिम हेर्छ, अर्को प्रतिफल। अब प्रतिफल कम जोखिम बढि भयो भने लगानीकर्ता आउदैनन।  त्यसकारण प्रतिफल र जोखिमको सन्तुलन मिलाउने भनेको चाही लगानीको लागि वातावरण मिलाउने हो। देशमा प्रतिफल पनि राम्रो भयो र जोखिम पनि घटाउन यसरी काम गरिरहेका छौं वा मद्दत गर्छौं भन्ने त्यो वातावरण राजनीतिक र सरकारी तहबाट भएन।  त्यो अनुकुल वातावरण सार्वजनिक नीतिमा हुनुपर्र्यो, त्यो भएको छैन ।

 

जस्तो राजमार्गहरू नै बनाउने कुरामा चितवन देखि बुटवलसम्म र पोखरा पुग्ने बाटो, पृथ्वी राजमार्गको अवस्था कस्तो छ ? नेपालको एउटा मुख्य लगानिको क्षेत्र भनेको त पर्यटन हो नि !  पर्यटनमा साच्चिकै विकास गर्ने नेपाल सरकारको नीति हो भने त भनेको समयमा ति राजमार्गहरू बनाउनु पर्र्यो नि !  दुई घण्टामा पोखरा जान सकियो भने कति पर्यटक आउथे ? कति पर्यटक बढथे होला ? त्यसले होटलहरू बढ्थे होला। त्यहि बैंकको तरलता लिन कति लगानीकर्ताहरू बैंकमा जान्थे होला। यसले प्रतिफल पनि बढछ, जोखिम पनि घटाउछ। लुम्बिनी पुग्नको लागि राम्रोसँग ४-५ घन्टामा आनन्ददायी किसिमले त्यहाँ पुग्न सकियो भने  कति लगानी बढछ होला ? यी कुराहरूमा नेपाल सरकारको ध्यान गएको छैन।

 

लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा छन्। भोलि सरकार परिवर्तन हुने हो कि ? भोलि झन् लगानी गरेर भुमरीमा पो परिने हो कि ? झन् झण्झटमा परिने हो कि ? राज्यले झन् शोषण गर्ने होकी ? भन्ने वातावरणले गर्दाखेरी नेपालमा पर्याप्त लगानी हुन सकिरहेको छैन।

 

सधैं "कस्ट ओभर रन", सधै ठेकेदारले काम गरेन भन्ने छ। भन्दाखेरी सरकारी असक्षमताले गर्दा लगानी मैत्री वातावरण बन्न सकेको छैन।  भन्नुको मतलव लगानी कर्तालाई प्रतिफल बढाउने काम हुन सकेको छैन। साथै लगानीकर्ताको जोखिम घटाउने काम गर्न सकेको छैन। यसले गर्दाखेरी लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा छन्। भोलि सरकार परिवर्तन हुने हो कि ? भोलि झन् लगानी गरेर भुमरीमा पो परिने हो कि ? झन् झण्झटमा परिने हो कि ? राज्यले झन् शोषण गर्ने होकी ? भन्ने वातावरणले गर्दाखेरी नेपालमा पर्याप्त लगानी हुन सकिरहेको छैन।

 

नेपाललाई लगानीमैत्री गन्तव्यका रुपमा विकशित गर्न नीतिगत र कानुनि रुपमा धेरै सुधार गर्नुपर्छ। तपाईले लगानी गरेर टाट पल्टिनु भयो भने पनि तपाईले चाडो बाहिर निस्कन पाउन पर्र्यो।  अथवा दर्ता गर्नका लागि, कर तिर्नका लागि हरेक कुरामा सिस्टम अनुसार नै जानुपर्र्यो। यसमा ताजबिजले लगानीकर्ता वा व्यवसायीहरू माथि बोझ थपिदैन भन्ने खालको भावना हुनुपर्छ।  विकशित देशमा कर तिर्नका लागि मानिसहरू दौडेर जान्छन। हामीले एउटा त्यस्तो विश्वासको वातावरण बनाउन सकेका छैनौं।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु