- नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा आएको हो ।
काठमाडौं: नेपालमा विद्युत् चुहावट घटेर १२.१६ प्रतिशतमा झरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १२.२६ प्रतिशत रहेको विद्युत् चुहावट चालु आर्थिक वर्ष २०८२/८३ मा घटेर १२.१६ प्रतिशतमा आएको हो ।
सरकारले चालु आर्थिक वर्षमा विद्युत् चुहावट १२.२० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त लक्ष्य पूरा गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । निर्धारित लक्ष्यभन्दा पनि कम चुहावट भएपछि सरकारले विद्युत् चुहावट नियन्त्रणमा प्रगति गरेको देखिएको छ ।
प्राधिकरणका अनुसार विद्युत् चोरी, मर्मतसम्भारमा कमजोरी तथा विद्युत् व्यवस्थापनका कारण चुहावट हुने गरेको छ। पछिल्लो समय प्राविधिक समस्या देखिनेबित्तिकै तत्काल समाधान गर्ने प्रणाली विकास गरिएकाले पनि चुहावट नियन्त्रणमा सहयोग पुगेको छ ।
विद्युत् सञ्जालको स्तरोन्नति, समयमै मर्मतसम्भार र प्राविधिक पक्षमा सुधारलाई तीव्रता दिँदै चुहावट नियन्त्रणको काम अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
अन्तर्राष्ट्रिय तथ्यांकअनुसार दक्षिण एसियामा विद्युत् चुहावटको औसत दर १३.८ प्रतिशत रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयोगले नयाँ कार्यसमिति अद्यावधिक गरेकोबारे गगनले गरे पार्टी बैठकमा ब्रिफिङ
-
विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्यो
-
पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह
-
सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास
-
लगानीकर्तालाई थप भार नपर्ने गरी पुँजी बढाउने लगानी कोषको तयारी
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।