पुराना भारतीय लगानीको अभिलेखीकरण समस्या समाधान गर्न ढकालको आग्रह

९ मार्ग, २०८३
सारांश
  • आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुराना विदेशी लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

२३औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अभिलेखीकरणको समस्याले लगानीकर्तालाई पुँजी थप्न, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत कठिनाइ भइरहेको बताए ।

 

‘एक पटकका लागि पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जान्छ र यसले नयाँ एफडीआई भित्र्याउन ठूलो मद्दत पुग्छ,’ ढकालले भने।

 

उनले निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति पारित गरेकोमा सरकारलाई धन्यवाद दिँदै ५१ भन्दा बढी कानुन संशोधन गर्ने कदमको प्रशंसा गरे । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

 

‘अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ,’ उनले भने।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार