सभामुख अर्यालले गरे बुढीगण्डकी आयोजनाका तीन संरचनाको शिलान्यास

९ मार्ग, २०८३
सारांश
  • सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।

गोरखा : सभामुख डोल प्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन् ।

 

बुधबार, गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा स्थायी कार्यालय भवन, आवास भवन र पक्की पुलको सभामुख अर्यालले शिलान्यास गरेका हुन् ।

 

शिलान्यास भएसँगै आयोजनाको मुख्य भौतिक निर्माण कार्य सन् २०२८ जनवरीदेखि सुरु गर्ने बताइएको छ ।

 

गोरखा र धादिङमा फैलिने यस  १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत भइसके पनि विद्युत् उत्पादनको अनुमतिपत्र भने अझै लिइएको छैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार