शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
२८ असोज, २०८३
- नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा तथा चाडपर्वका समयमा हुने विद्युतीय कारोबारसम्बन्धी आर्थिक ठगीका घटनाको अनुसन्धान सहज बनाउन सम्बन्धित संस्थाहरूलाई कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा तथा चाडपर्वका समयमा हुने विद्युतीय कारोबारसम्बन्धी आर्थिक ठगीका घटनाको अनुसन्धान सहज बनाउन सम्बन्धित संस्थाहरूलाई कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई यस्तो आग्रह गरेको हो ।
राष्ट्रबैंकले चाडपर्व तथा सार्वजनिक बिदाका समयमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन र शंकास्पद वालेट तथा कारोबारको पहिचान गरि तत्काल रोक्का गरेर अनुसन्धान प्रक्रिया सहजीकरण गर्न भुक्तानी प्रणाली संचालक तथा सेवा प्रदायक संस्थाहरुका जिम्मेवार व्यक्ति तोकी निजको विवरण चौबिसै घण्टा मनिटर हुने साइबर ब्युरोको इमेल ठेगाना [email protected] मा विवरण पठाउन निर्देशन दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चलचित्र ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
-
मलेसियाका प्रस्तावित राजदूत खरेलविरुद्ध गम्भीर उजुरी, सांसदहरु सुनुवाई रोकेर छलफलमा
-
ओपनएआईको कार्यालयमा जासुसीको आरोपमा साउदी नागरिक पक्राउ
-
शंकास्पद विद्युतीय कारोबारको विवरण साइबर ब्युरोमा पठाउन राष्ट्र बैंकको निर्देशन
-
साउदी अरामको मुख्यालयमा क्षेप्यास्त्र आक्रमण, भवनमा आगलागी
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’