अमेरिकासँग सबैभन्दा धेरै सुन

२७ असोज, २०८३
सारांश
  • वित्तीय विश्लेषण मञ्च ‘द कोबेसी लेटर’का अनुसार चीनसँग २ हजार ४१० टन सुन सञ्चय रहेको छ । फ्रान्ससँग २ हजार ४३७ टन र इटालीसँग २ हजार ४५२ टन सुन छ । चीन फ्रान्सभन्दा २७ टन र इटालीभन्दा ४२ टन मात्रै पछाडि छ । रुससँग २ हजार ३०५ टन सुन रहेको छ ।

काठमाडौं : विश्वमा सबैभन्दा धेरै सुन सञ्चय गर्ने देश अमेरिका हो । अमेरिकासँग ८ हजार १३३ टन सुन रहेको छ । सुन सञ्चयका आधारमा जर्मनी दोस्रो, इटाली तेस्रो, फ्रान्स चौथो र चीन पाँचौँ स्थानमा रहेका छन् । चीनले रुसलाई पछि पार्दै विश्वका धेरै सुन सञ्चय गर्ने देशको सूचीमा पाँचौँ स्थान हासिल गरेको हो ।

 

वित्तीय विश्लेषण मञ्च ‘द कोबेसी लेटर’का अनुसार चीनसँग २ हजार ४१० टन सुन सञ्चय रहेको छ । फ्रान्ससँग २ हजार ४३७ टन र इटालीसँग २ हजार ४५२ टन सुन छ । चीन फ्रान्सभन्दा २७ टन र इटालीभन्दा ४२ टन मात्रै पछाडि छ । रुससँग २ हजार ३०५ टन सुन रहेको छ ।

 

सुन सञ्चयका आधारमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकासँग रहेको सुनको मात्रा दोस्रो स्थानमा रहेको जर्मनीको तुलनामा दोब्बरभन्दा बढी हो । जर्मनीसँग ३ हजार ३५१ टन सुन छ । त्यस्तै, इटालीसँग २ हजार ४५२ टन र फ्रान्ससँग २ हजार ४३७ टन सुन रहेको छ ।

 

अन्य देशमध्ये स्विट्जरल्यान्डसँग १ हजार ४० टन, भारतसँग ८८१ टन, जापानसँग ८४६ टन र नेदरल्यान्ड्ससँग ६१३ टन सुन रहेको विवरणमा उल्लेख छ । यस सूचीमा भारत आठौँ स्थानमा छ ।

 

चीनको केन्द्रीय बैंकले पछिल्लो समय लगातार सुन खरिद गरिरहेको छ । चीनले लगातार २३ महिनादेखि सुन खरिद गर्दै आएको छ । सन् २०२६ को सेप्टेम्बरमा मात्रै चीनले २३ टनभन्दा बढी सुन खरिद गरेको थियो । पछिल्लो एक वर्षमा कुनै एक महिनामा गरिएको यो सबैभन्दा ठूलो खरिद भएको विवरणमा उल्लेख छ ।

 

यसअघि जुलाई र अगस्टमा पनि चीनले प्रत्येक महिना २० टनभन्दा बढी सुन थपेको थियो । सेप्टेम्बरसम्म चीनले यस वर्ष कुल १०३ टनभन्दा बढी सुन खरिद गरिसकेको छ । यही गति कायम रहेमा चीनले यस वर्षको अन्त्यसम्म इटाली र फ्रान्सलाई उछिनेर विश्वको तेस्रो ठूलो सुन सञ्चयकर्ता बन्न सक्ने अनुमान गरिएको छ ।

 

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । ब्लुमबर्गका अनुसार सुनको मूल्य प्रतिऔँस करिब ४ हजार २०७ अमेरिकी डलर पुगेको छ भने चाँदीको मूल्य प्रतिऔँस ६१.१२ डलर पुगेको छ ।

 

कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको चिन्ता केही कम हुनु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि रोक्न सक्ने अपेक्षा बढ्नु सुनको मूल्य वृद्धिका प्रमुख कारण मानिएका छन् । आर्थिक तथा राजनीतिक अनिश्चितताका बेला सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ ।

 

फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएपछि मुद्रास्फीति बढ्ने चिन्ताका कारण सुनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो । अहिले बजारमा सुधार देखिए पनि आगामी दिनमा अमेरिकाको मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क र त्यहाँको केन्द्रीय बैंकका अभिव्यक्तिले सुनको मूल्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार