- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी सगरमाथा जलविद्युतको शेयर १२.४४ प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि योजनाको शेयर पनि ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने माउन्टेन इनर्जीको २५ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’