- जल तथा ऊर्जा आयोगले नदी करिडोर विकासबारे सरोकारवालाका सुझाव समेट्न नीतिगत संवाद सुरु गरेको छ ।
काठमाडौँ : जल तथा ऊर्जा आयोगले नदी करिडोर विकासबारे सरोकारवालाका सुझाव समेट्न नीतिगत संवाद सुरु गरेको छ ।पहिलो छलफलमा नेपालमा एकीकृत, दिगो र विपद् उत्थानशील नदी करिडोर विकास गर्ने विषयमा विज्ञहरूले धारणा राखेका थिए ।
छलफलमा जलविद्युत् पूर्वाधार, नदीको प्राकृतिक बहाव र भू–स्वरूप, लेदोको निरन्तरता तथा पारिस्थितिकी संरक्षणका विषय उठाइएको थियो । नदी प्रणालीलाई आयोजना केन्द्रित दृष्टिकोणबाट मात्रै नहेरी माथिल्लो र तल्लो तटीय क्षेत्रको अन्तरसम्बन्धसमेत ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिइयो ।
विज्ञहरूले जोखिमलाई ध्यानमा राखेर जलविद्युत् आयोजना योजना र सञ्चालन गर्न, वास्तविक समयको अनुगमन तथा पूर्वचेतावनी प्रणाली बलियो बनाउन र विपद्पछिको तत्काल प्रतिक्रियाका लागि आकस्मिक वित्तको व्यवस्था गर्न सुझाव दिए। संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय तथा स्थानीय समुदायको अनुभव समेट्नुपर्नेमा पनि सहभागीहरूले जोड दिए ।
आयोगकाअनुसार सम्वादले जलविद्युत् पूर्वाधारमा असर पार्ने शृङ्खलाबद्ध जोखिमहरू, सञ्चित प्रभावहरू तथा नदीका माथिल्लो र तल्लो तटीय क्षेत्रको अन्तरसम्बन्धलाई सम्बोधन गर्नेछ ।
यसैगरी नदीको भू-स्वरूप, लेदोको निरन्तरता, पारिस्थितिकी प्रणालीको संरक्षण र विकास निर्माणका आवश्यकतासँगै नदीको प्राकृतिक प्रणालीलाई सन्तुलनमा राख्ने विषयमा सम्वाद केन्द्रित रहने आयोगले जनाएको छ ।
नीति सम्वादले पूर्वचेतावनी प्रणाली, वास्तविक समयको अनुगमन (रियल टाइम मनिटरिङ), तल्लो तहसम्मको सञ्चार, अन्तर-सरकारी तथा तीनै तहबीच समन्वय र विपद्को तत्काल प्रतिक्रियाका लागि आकस्मिक वित्तीय व्यवस्थापनबारे छलफल गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।