- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ ।
काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८ करोड ८७ लाखभन्दा बढी रहेको छ । यो विवरण भदौ १० गतेको बाढीबाट भएको क्षतिसम्बन्धी हो ।
बीमालेखको प्रकारअनुसार सम्पत्ति बीमामा ५१८ वटा दाबी परेको छ, जसको अनुमानित रकम ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १६५ दाबीको अनुमानित रकम ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ।
मोटर बीमामा सबैभन्दा धेरै १ हजार ६६ वटा दाबी परेका छन् । यस शीर्षकमा अनुमानित दाबी रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । परिवहन बीमामा १०४ दाबीको रकम २ अर्ब ४८ करोड ५१ लाख रुपैयाँभन्दा बढी, अन्य बीमामा २७२ दाबीको रकम १ अर्ब ३६ करोड ५२ लाख रुपैयाँभन्दा बढी र स्वास्थ्य बीमामा २८ दाबीको रकम २ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ।
प्राधिकरणको तालिकाअनुसार अग्रिम भुक्तानीसमेत जोड्दा हालसम्म ६७ लाख ४८ हजार रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी भएको छ ।
यसमध्ये सम्पत्ति बीमामा करिब ३८ लाख १४ हजार, मोटर बीमामा करिब २४ लाख १० हजार र अन्य बीमामा करिब ५ लाख २ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। परिवहन र इन्जिनियरिङ बीमामा पनि साना रकम भुक्तानी भएको विवरण छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम हिनामिना आरोपमा १० जनाविरुद्ध मुद्दा
-
नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ६५ करोडको कारोबार
-
झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा
-
नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ छ- प्रधानमन्त्री शाह
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४१ जना घाइते
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।