राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो एक हजारको नयाँ सिरिजको नोट
८ असोज, २०८३, बिहिवार
- नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले सिरिज २०२५ अन्तर्गतको एक हजार रुपैयाँको नोट असोज ५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।
काठमाडौं ; नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरको नयाँ सिरिजको बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले सिरिज २०२५ अन्तर्गतको एक हजार रुपैयाँको नोट असोज ५ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटको अगाडिको भागमा सगरमाथाको चित्रसँगै दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ । पानीछापमा ‘१०००’ अंकसमेत रहनेछ ।
नोटको अगाडिको तल्लो भागमा दृष्टिविहीनले स्पर्शबाट पहिचान गर्न सक्ने गरी ‘एम’ अक्षरसहित १०/१० वटा तेर्सा रेखा राखिएको छ । नोटमा चलायमान विशेषता भएको सुरक्षण धागोमा ‘एनआरबी’ र ‘१०००’ अंकसमेत उल्लेख गरिएको छ । नोटको पछाडिको भागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये ‘देवकली’बाट जन्मिएका दुर्लभ मानिने ‘राम’ र ‘लक्ष्मण’ नामका दुई हात्तीको चित्र राखिएको छ। चित्रमाथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ ।
नोटको पछाडिको बायाँ भागमा सातवटा प्रदेश जनाउने गरी सातवटा लालीगुराँसको चित्र राखिएको छ । दायाँतर्फ ‘रुपिज वन थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ऐतिहासिक महत्वको नौतले दरबारको आकृति पनि राखिएको छ । नोटको तल्लो भागमा ‘२०२५ एडी’ सिरिज नम्बर उल्लेख गरिएको छ। नोटमा राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ ।
राष्ट्र बैंकले यसअघि एक हजार रुपैयाँ दरको बैंकनोट सिरिज २०१९ चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेकोमा अहिले सिरिज २०२५ को नोट चलनचल्तीमा ल्याउन लागेको जनाएको छ । राष्ट्र बैंकले नयाँ नोट पनि प्रचलित एक हजार रुपैयाँकै दरमा चल्ने र पुरानो नोटको कानुनी मान्यता कायमै रहने जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।