नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्ब ४४ करोडको कारोबार
८ असोज, २०८३, बिहिवार
- नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ ।
काठमाडौँ : नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज विहिबार नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५६ कम्पनिका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मा कारोबार भएको थियो । आज निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी नेपाल लुब आयलको शेयर १२.४७ प्रतिशतले बढेको छ भने सोनापुर मिनरल्सको शेयर ७.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मिड सोलु हाइड्रोको शेयर ११.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ३५ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने हिमालयन डिष्टीलरीको ३५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।