रसुवा बाढी प्रभावितका लागि गोरखा ब्रुअरीले दियो १० करोड रुपैयाँ सहयोग
११ भाद्र, २०८३, बिहिवार
- ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. वाग्लेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
काठमाडौं: रसुवाको बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि सरकारले एकद्वार प्रणालीमार्फत सहयोग संकलन सुरु गरेको छ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थाल्नुभएको छ।
यसैक्रममा गोरखा ब्रुअरीले बाढी प्रभावितका लागि १० करोड रुपैयाँ नगद सहयोग गरेको छ। ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. वाग्लेलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
सरकारले प्राप्त सहयोगलाई रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गर्ने जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अर्बपतिहरूको सन्तान मोह
सन्तान जन्माउनु र हुर्काउनु सामान्यतया पारिवारिक जीवनको महत्त्वपूर्ण हिस्सा मानिन्छ । तर विश्वका केही अर्बपतिहरूको जीवनशैलीले यो विषयलाई नयाँ बहसमा ल्याएको छ ।