नेप्सेमा सामान्य गिरावट, ५ अर्ब ५२ करोडको कारोबार

१ भाद्र, २०८३, सोमवार
सारांश
  • आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो ।

काठमाडौँ: नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज सोमबार नेप्से २.२५ अंकले घटेर २६४१.५८ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५० कम्पनिका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्ट एभरेष्ट पावरको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.६३ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको एक अर्ब ३८ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ३८ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार