काठमाडौँमा आज ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री, भोलि सात स्थानबाट वितरण हुने

३० श्रावण, २०८३, शनिवार
सारांश
  • प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

काठमाडौँ: नेपाल आयल निगमले काठमाडौँमा अत्यावश्यक भएका उपभोक्तालाई शनिबार विभिन्न पाँच बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास प्रत्यक्ष बिक्री गरेको जनाएको छ ।

 

निगमका अनुसार टेकुस्थित निगम परिसर, चाबहिलको यातायात कार्यालय, कीर्तिपुर र बसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास बिक्री गरिएको हो ।

 

बिक्रीका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर मागअनुसार नपुगेपछि तोकिएको समयमा बिक्री केन्द्रमा पुगेका तर ग्यास लिन नसकेका उपभोक्तालाई कुपनमार्फत भोलि पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ ।

 

यसैबीच, निगमले आइतबार काठमाडौँ उपत्यकाका सात स्थानबाट अत्यावश्यक भएका उपभोक्तालाई एलपी ग्यासका सिलिन्डर बिक्री गर्ने जनाएको छ । निगमले यससम्बन्धी सूचना समेत सार्वजनिक गरिसकेको छ ।

 

ग्यास लिन जाने उपभोक्ताले आवश्यक परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार