नेप्सेमा आजपनि अंकमा गिरावट, ३ अर्ब ४९ करोडको कारोबार
१२ आषाढ़, २०८३, शुक्रवार
- आज, सबैभन्दा बढी स्नो रिभरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिका लघुवित्तको शेयर १०.७६ प्रतिशतले घटेको छ ।
काठमाडौँ: नेप्सेमा आजपनि अंकमा गिरावट आएको छ । आज शुक्रबार नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३५९ कम्पनिका ७७ लाख २७ हजार ६४९ कित्ता शेयर ३ अर्ब ४९ करोड ५८ लाख ४ हजार ५५२ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, म्युचुअल फन्द, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी स्नो रिभरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिका लघुवित्तको शेयर १०.७६ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमई डिभेन्चर २०८६/८७ को ३३ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई डिभेन्चर २०८४/८५ को २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।