बजेट: प्रदेश र स्थानीय तहमा करिब ६ खर्ब रकम जाने

१५ जेठ, २०८३, शुक्रवार
सारांश
  • बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहमा ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान जाने घोषणा गरेका हुन् ।

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष राजस्व बाँडफाँट, रोयल्टी र वित्तीय हस्तान्तरणमार्फत ६ खर्ब रुपैयाँ बराबर प्रदेश र स्थानीय तहमा पठाउने व्यवस्था गरेको जानकारी दिएका छन् ।

 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहमा ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान जाने घोषणा गरेका हुन् ।

 

त्यस्तै प्रदेश र स्थानीय तहमा ४ अर्ब ६० करोड र ८ अर्ब ९३ करोड समपूरक अनुदान जाने छ भने प्रदेश र स्थानीय तहमा ३ अर्ब ८२ करोड र ९ अर्ब ४० करोड विशेष अनुदान छुट्याइएको छ ।

 

त्यसैगरी संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा ३९ अर्ब ७२ करोड र २ खर्ब ६ अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने छ भने राजस्व बाँडफाँटबाट कुल १ खर्ब ७५ अर्ब रकम जाने अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार